+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घोषणा गर्‍यो २५ प्रतिशत लाभांश

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
  • सेयरधनीले प्रतिकित्ता २५ रुपैयाँ दरले करसहित लाभांश पाउने छन्।
  • लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि बैंक खातामा जम्मा हुनेछ।

२६ मंसिर, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँको २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सेयरधनीले प्रतिकित्ता २५ रुपैयाँका दरले नगद लाभांश पाउने छन् ।

यो लाभांश करसहित हो । नियामक बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले बैंक खातामा नगद लाभांश पाउने कम्पनीले सार्वजनिक सूचनामार्फत जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१४ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?