४ पुस, काठमाडौं । जेनजी अगुवा पुरुषोत्तम यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको उम्मेदवारका लागि आवेदन दिएका छन् ।
प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार हुनका लागि रास्वपाले आवदेन माग गरेको थियो । रास्वपाले गएराति सार्वजनिक गरेको सूचीमा जेनजी अगुवा यादवको पनि मधेशी क्लष्टरमा छ ।
गत २३ भदौमा प्रदर्शन गर्नका लागि प्रशासनसँग अनुमति लिने मध्येमा यादव पनि एक थिए ।
रास्वपाले १४ पुसमा समानुपातिकको अन्तिम सूची सार्वजनिक गर्ने जनाएको छ । त्यसअघि इच्छुक उम्मेदवारसँग रास्वपाले सबै प्रदेशमा छलफल गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4