+
+
Shares

विद्याधर मल्लिकको प्रश्न : नो भोटमा पनि गइएन भने ‘रिफर्म’ चाहिँ के हुन्छ ?

नेपाल शान्ति प्रतिष्ठानका अध्यक्ष विद्याधर मल्लिकले सरकारलाई गठनको पृष्ठभूमि ख्याल गरेर अगाडि बढ्न सुझाव दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १४:५५

७ पुस, काठमाडौं । नेपाल शान्ति प्रतिष्ठानका अध्यक्ष विद्याधर मल्लिकले सरकारलाई गठनको पृष्ठभूमि ख्याल गरेर अगाडि बढ्न सुझाव दिएका छन् ।

‘यो सरकार जेनजी आन्दोलनको जगमा बनेको हो । आन्दोलनबाट आएको सरकार हो । जेनजीको स्पिरिट एग्रि गर्नुपर्छ’ उनी भन्छन्, ‘नो भोटमा पनि गइएन भने रिफर्म चाहिँ के हुन्छ ?’

आगामी फागुन २१ कै चुनावमा नो भोटको प्रावधान लागू गर्न सकिने र यसका लागि आवश्यक कानुनी व्यवस्था गर्न आवश्यक रहेको उनको आग्रह छ ।

‘ब्युरोक्रेटिक रुपमा सोलुसन खोजेर हुँदैन । १० वर्ष, २० वर्षसम्म पनि सुधार हुँदैन’ उनी थप्छन्, ‘नोटालाई स्वीकारेर जाऔं । ५० प्रतिशत भन्दा बढी नोटामा आउँछ भने त्यो बदर हुनुपर्छ र फेरि चुनाव हुनुपर्छ । यसमा जानुपर्छ ।’

अन्तर निर्वाचन क्षेत्रबाट समेत मतदान गर्न सकिने विषयलाई सरकारले अगाडि बढाउन सकिने र यो सम्भव रहेको पनि उनले बताए ।

साथसाथै, विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा आवश्यक तयारी गर्न सकिने र सिम्बोलिक रुपमा भएपनि सुरुवात गर्न सकिने बताए । रिफर्म हुँदैछ भन्ने सन्देश प्रवाह गर्न सक्नुपर्नेमा जोड दिँदै उनले अन्यथा निर्वाचन पछाडि पनि असन्तुष्टि कायम रहने र त्यसले मुलुकलाई सही रुपमा अगाडि बढाउन गाह्रो हुन सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?