+
+
Shares

कांग्रेस र एमाले नभए देश चल्दैन भन्ने होइन : सुनिलबाबु पन्त

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १५:०८

७ पुस, काठमाडौं । संविधानसभा सदस्य सुनिलबाबु पन्तले नेपाली कांग्रेस र नेकपा एमालेले दोहोरो खेल खेलिरहेको टिप्पणी गरेका छन् ।

‘कांग्रेस र एमालेले दोहोरो खेल खेलिरहनुभएको छ । निर्वाचन आयोगमा दल दर्ता गर्नुभएको छ । सर्वोच अदालत पनि जानुभएको छ । प्रष्ट पार्नुपर्यो २१ फागुनको चुनावमा भाग लिने कि नलिने ?’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा जारी सर्वपक्षीय छलफलमा बोल्दै उनले भने ।

ठूला दलहरूलाई जेनजी आन्दोलन किन भयो भनेर ख्याल गर्न उनको आग्रह छ ।

‘आफू सरकारमा नरहेकै कारण चुनावमा भाग लिन्न भन्ने हो भने एउटा कुरा । होइन भने चुनावमा आउनुपर्छ’ उनी थप्छन्, ‘दलतन्त्र जतासुकै भएकाले जेनजी आन्दोलन भएको हो । यसलाई ख्याल गर्नुपर्छ ।’

कांग्रेस र एमाले सहितका सबै दल चुनावमा आउनुपर्ने उनमो सुझाव छ ।

‘उहाँहरु चुनावमा आउनुपर्छ । सरकारले बन्देज गरेको छैन । अब दोहोरो खेल खेलिरहन हुँदन’ पन्त भन्छन्, ‘यदि उहाँहरु बन्धक बनाउन खोजिराख्नुहुन्छ भने सरकार हिम्मत गरेर अगाडि बढ्नुपर्छ, चुनावबाट अर्को दल आउँछ । उहाँहरु नभए देश चल्दैन भन्ने होइन यो ख्याल गरेर अगाडि बढ्न आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?