+
+
Shares

ओलीलाई व्यंग्य गर्दै लामिछानेले भने: गुन तिर्न अदालत धाउँदैछु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै गुन तिर्न अदालत धाइरहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १६:४२

७ पुस, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै गुन तिर्न अदालत धाइरहेको बताएका छन् ।

ओलीले हिमालय टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा रवि लामिछानेलाई गुन लगाएको तर गुन बिर्सिएको अभिव्यक्ति दिएका थिए ।

यसै विषयमा आज काठमाडौँ जिल्ला अदालतमा तारेख लिएर फर्किएका उनले ओलीमाथि व्यंग्य गरेका हुन् ।

‘केपी ओलीले गुन लगाएको भन्नु भएको छ । त्यही गुन तिर्न अदालत धाइरहेको छु । सबै जिल्लामा महिनाको सातै दिन म जानुपर्ने छ,’ उनले भने, ‘जीउमा किला ठोकेजस्तो भएको छ अन्य अदालतमा जाँदैछु हाँजिर गर्नुपर्नेछ । म आज यहाँ आएँ अब एक हप्ताभित्र अन्यत्र पनि जाँदैछु । बिख शरीरभरि बाँकी नै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?