+
+
Shares

पार्टीका शीर्ष नेता लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रवि

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते २०:०१
Photo Credit : तस्बिर- विकास श्रेष्ठ/अनलाइनखबर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलमुक्त भएपछि पहिलोपटक प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन्।
  • लामिछानेसँगै उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, नेताहरू शिशिर खनाल र सोविता गौतम पनि बालुवाटार पुगेका छन्।
  • प्रधानमन्त्रीको सचिवालयले उनीहरूबीच छलफल जारी रहेको जनाएको छ र लामिछानेले पार्टी कार्यालयमा सरकारको साथमा आफू नेतृत्वको पार्टी रहेको अभिव्यक्ति दिएका थिए।

६ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । शुक्रबारमात्रै कारागारबाट रिहा भएका लामिछाने आइतबार साँझ पार्टीका केही नेताहरूसँगै लिएर प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन् ।

लामिछानेसँगै उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, नेताहरू शिशिर खनाल र सोविता गौतम बालुवाटार पुगेका छन् ।

लामिछाने जेलमुक्त भएपछि पहिलोपटक प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् । उनीहरूबीच छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार दिउँसोमात्रै पार्टी कार्यालयमा सम्बोधन गर्नेक्रममा लामिछानेले सरकारको साथमा आफू नेतृत्वको पार्टी रहेको अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?