तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
६ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको छ । काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा उनलाई स्वागत गर्न कार्यकर्ता एवं शुचेच्छुकहरू पुगेका छन् ।
उनलाई बाजागाजासहित अहिले पार्टी कार्यालयमा स्वागत गरिएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा धरौटी बुझाएर लामिछाने हिजोमात्रै काठमाडौं आइपुगेका थिए ।
उनलाई आज पार्टी कार्यालयमा स्वागत गरिएको हो । स्वागत लगत्तै आजै केन्द्रीय समिति बैठक पनि बस्ने रास्वपाले जनाएको छ ।

















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4