News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा (एमाले) का सचिव महेश बस्नेतले फागुन २१ गते निर्वाचन हुने विश्वसनीय आधार सरकारले दिन नसकेको बताए।
- बस्नेतले दलका नेतामाथि स्थानहद लगाइएकोले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न नसकिने बताए।
- उनले निर्वाचन निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउने काममा सरकार केन्द्रित नभएको आरोप लगाए।
७ पुस, काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ ।
सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा बोल्दै एमालेका सचिव महेश बस्नेतले आफ्नो पार्टीको तर्फबाट बोल्दै यस्तो बताएका हुन् ।
दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको उनले बताए ।
‘निर्वाचन भयरहित हुनुपर्यो । निष्पक्ष हुनुपर्यो, धाँधलीरहित हुनुपर्यो । दलका नेतामाथि अहिले पनि स्थानहद लगाइएको छ । म नै हुँ–५/७ जिल्ला जाँदा ढुंगा खाएर आएको मान्छे । हामीले ढुंगा खाएबापत खुशीयाली मनाएकै छ । त्यसकारण चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौं,’ उनले भने ।
बस्नेतले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउने काममा सरकार केन्द्रित नभएको आरोप समेत लगाए ।
‘नो भोटको प्रावधान राखौ भन्ने पनि आएको छ । अब फागुन २१ मा चुनाव भएन र सर्यो भने संसद् पुन:स्थापना हुन्छ कि के हुन्छ ? ६ महिना भन्दा बढि ग्याप त हामीले देखेका छैनौं ।’
सचिव बस्नेतले सरकारले लोकतान्त्रिक पद्धति समेत मिचेर अध्यादेश ल्याउने काम गरिरहेको भन्दै आपत्ति समेत जनाए ।
प्रतिक्रिया 4