News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले काठमाडौंमा उत्पादित रायो सागमा ९९.०८ प्रतिशत अर्गानोफस्फेट विषादी भेटिएको जनाएको छ।
- केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटीका १५ पसलको १५ थरी तरकारी परीक्षण गर्दा रायो सागमा विषादीको मात्रा धेरै भेटिएको खुलाएको छ।
- सरकारले अर्गानोफस्फेट ३५ प्रतिशतभन्दा बढी भए उपभोग अयोग्य मान्ने नियम बनाएको छ र यसअघि पनि अन्य तरकारीमा विषादी भेटिएको थियो।
८ पुस, काठमाडौं । काठमाडौंमा उत्पादित रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ ।
बिक्रीका लागि कालीमाटी बजारमा मंगलबार ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग गर्न पूर्ण अयोग्य रहेको जनाइएको छ ।
सरकारले अर्गानोफस्फेटमा प्रतिशत दर ३५ भन्दा कम हुँदा मात्रै उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ।
यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ । यसअघि पनि हरियो धनियाँ, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, हरियो फर्सी, घिउसिमी लगायत तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।
प्रतिक्रिया 4