+
+
Shares

प्रधानमन्त्रीसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले आज शिष्टाचार भेट गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले शिष्टाचार भेट गरेका छन्।
  • कुलपति निशा शर्माले प्रतिष्ठानको अस्थायी भवन र स्रोतसाधन अभावबारे जानकारी गराइन्।
  • प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायसँग परामर्श गरी आवश्यक पहल गर्ने बताए।

९ पुस, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले आज शिष्टाचार भेट गरेका छन् ।

कुलपति निशा शर्मा, उपकुलपति शम्भु राईलगायतको टोलीले प्रधानमन्त्री कार्कीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेट गरेको हो।

टोलीले विशिष्ट अवस्थामा गठन भएको यस सरकारले आफ्नो कार्यादेश सफलतापूर्वक सम्पन्न गर्न सकोस् भनी शुभकामना पनि व्यक्त गरेको थियो । प्रधानमन्त्री कार्की प्रतिष्ठानका पदेन संरक्षक पनि हुन् ।

यस अवसरमा कुलपति शर्माले प्रतिष्ठानको अवस्था र कार्ययोजनाका बारेमा जानकारी गराइन् । देशभरको गीत, संगीत तथा नाट्य विधामा अध्ययन अनुसन्धान गरी संरक्षणका काम गर्नुपर्ने भए पनि राज्यको प्राथमिकतामा नपरेको उनको गुनासो थियो ।

प्रतिष्ठान अहिले प्रिफ्याबको अस्थायी टहरामा रहेकाले भवन निर्माणका लागि आवश्यक स्रोतसाधनको खोजीमा रहेको जानकारी गराइन् । नेपाल प्रज्ञा प्रतिष्ठानलाई अझै विशिष्टीकृत गरी २०६४ सालमा तीनवटा प्रतिष्ठान गठन गरिएको थियो । त्यसैमध्येको एउटा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान हो ।

प्रधानमन्त्री कार्कीले सम्बन्धित मन्त्रालय तथा अन्य निकायहरुसँग परामर्श गरी यसबारे आवश्यक पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?