+
+
Shares

‘क्रिसमस ईभ’ को झिलिमिलि (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ पुष ९ गते २१:३६

९ पुस, काठमाडौं । इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिन ‘क्रिसमस डे’ बिहीबार नेपालमा पनि मनाइँदैछ ।

काठमाडौं उपत्यकामा इसाइ धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि क्रिसमस डे मा आपसमा खुशियाली साटासाट गरेर मनाउने गर्छन्  ।  क्रिसमसको ईभमा काठमाडौं उपत्यकामा रौनक बढेको छ ।

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा क्रिसमस मनाइन्छ । यो दिन अभिभावकले बालबालिकालाई मनोरञ्जनस्थल, सपिङ मल घुमाउने, उपहार किनिदिने, फिल्म हेराउने आदि गरेका छन् ।

बालबालिकालाई लक्षित गरी सपिङ मलहरु सजाइएका छन् । जहाँ फोटो खिच्न बालबालिका र युवा युवती झुम्मिएका छन् ।

बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्री राखिएका छन् ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?