+
+
Shares

बलात्कार मुद्दामा १३ वर्ष कैद तोकिएका व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको धुनीबेशी नगरपालिका–१ घर भएका ३४ वर्षीय सञ्जिव परियारलाई बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय तोकिएपछि प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
  • उनी १ असोज २०७४ देखि सुन्धारा कारागारमा थिए र जेनजी आन्दोलनको क्रममा फरार भएका थिए।
  • पक्राउ परेका उनलाई पुनः सुन्धारा कारागार पठाइएको सीआईबीका सहप्रवक्ता नीरन्जनदत्त भट्टले बताए।

१० पुस, काठमाडौं । बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका–१ घर भएका ३४ वर्षीय सञ्जिव परियार भन्ने राजेन्द्र दर्जी छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको हो ।

बलात्कार कसुरमा १३ वर्ष कैद तोकिएकाले उनी १ असोज २०७४ देखि सुन्धारा कारागारमा थिए ।

जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए । पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको सीआईबीका सहप्रवक्ता नीरन्जनदत्त भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?