News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई तहको अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्न सकिने बताएका छन्।
- कांग्रेसले १६ पुसमा वडा तहको अधिवेशन गरेर २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ।
- क्रियाशील सदस्यता नवीकरण र विधान संशोधन मस्यौदा समिति गठन हुन सकेको छैन।
१० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तलको पार्टी संरचनामा दुई तहको अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्न सकिने बताएका छन् ।
बुधबारदेखि जारी कार्यसम्पादन समितिको बैठकमा बिहीबार बोल्ने क्रममा महामन्त्री शर्माले वडा, क्षेत्रको अधिवेशन गरेपछि प्रतिनिधि चयन हुने हुँदा केन्द्रीय महाधिवशेन गर्न सकिने विकल्प अघि सारेका हुन् ।
सात तहको अधिवेशन गर्ने कार्यतालिका परिमार्जन गरेर तीन तहको अधिवेशन गर्नुपर्ने विचार राखे । कांग्रेसले १६ पुसमा वडा तहको अधिवेशन गरेर २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।
क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणका लागि छुट्याइएको कार्यतालिका प्रभावित भइसकेको छ । विधान संशोधन मस्यौदा समिति पनि गठन हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4