News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले अहिलेसम्म ६ लाख ६६ हजारभन्दा बढीको क्रियाशील सदस्यता नवीकरण भइसकेको जनाएको छ।
- सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइलीले 'अहिलेसम्म ७५ प्रतिशत सदस्यता नवीकरण भयो' भने।
- जनता समाजवादी पार्टीबाट कांग्रेस प्रवेश गरेका सहसराम यादवलाई कपिलवस्तुका लागि ५७५ सदस्यता नवीकरण फारम दिने निर्णय भएको छ।
पुस १०, काठमाडौँ । नेपाली कांग्रेसले अहिलेसम्म ६ लाख ६६ हजार बढीको क्रियाशील सदस्यता नवीकरण भइसकेको जनाएको छ ।
बिहीबारसम्म ६ लाख ६६ हजारको क्रियाशील नवीकरण सम्पन्न भएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ले अनलाइनखबरलाई जानकारी दिए ।
‘अहिलेसम्म ७५ प्रतिशत सदस्यता नवीकरण भयो,’ बिहीबारको बैठकपछि उनले भने ।
कांग्रेसमा ८ लाख ८९ हजार सदस्य छन् ।
उनले छुटपुट दर्ता र केही ठाउँका विवादलाई आन्तरिक छलफलबाटै टुंग्याउने निर्णय भएको बताए । त्यस्तै जनसम्पर्क समितिअन्तर्गत ओमान, यूएई, साउदी अरबको क्रियाशील पनि टुंग्याइएको रसाइले जानकारी दिए ।
त्यस्तै विवाद भएका सुर्खेत, काठमाडौँ ६ र पर्सामा नवीकरण फारम पठाउने र नवीकरण केन्द्रमै गर्ने निर्णय भएको उनको भनाइ छ ।
रसाइलीले जनता समाजवादी पार्टीबाट कांग्रेस प्रवेश गरेका सहसराम यादवलाई कपिलवस्तुका लागि ५७५ वटा सदस्यता नवीकरण फारम दिने निर्णय भएको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया 4