News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयले २०८१ असार १ देखि २०८२ जेठ ३१ सम्म उत्तीर्ण ८९ हजार १९९ विद्यार्थीमध्ये १६ हजार ३८० ले मात्र दीक्षान्त समारोहमा आवेदन दिएका छन्।
- दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थी र अभिभावकको खर्च धेरै लाग्ने भएकाले त्रिविले उपत्यका बाहिर पनि समारोह आयोजना गर्ने निर्णय गरेको छ।
- त्रिविले पहिलो चरणमा पोखरामा दीक्षान्त समारोह गर्ने तयारी गरिरहेको छ र विश्वविद्यालय अनुदान आयोगले करिब ५ करोड बजेट छुट्याएको छ।
११ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा २०८१ असार १ गतेदेखि २०८२ जेठ ३१ गतेसम्म उत्तीर्ण भएका ८९ हजार १९९ विद्यार्थी बिहीबार दीक्षित भए । तर दीक्षान्त समारोहमा सहभागी हुन १६ हजार ३८० जना विद्यार्थीले आवेदन दिए ।
यो संख्या एक शैक्षिक सत्रको स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि (पीएचडी) तहको हो ।
कुल दीक्षित भएका विद्यार्थीको १८ प्रतिशत मात्रले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका हुन् । ८२ प्रतिशत विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन नै दिएनन् । दीक्षान्त समारोहमा न्यून संख्यामा विद्याथी सहभागी भएपछि त्रिविले उपत्यका बाहिर पनि दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ ।
अर्को वर्षदेखि नै कास्कीको पोखराबाट सुरु गर्ने तयारी त्रिविको छ । कामको सिलसिलमा र दीक्षान्त समारोहमा आउन धेरै खर्च लाग्ने भएकाले उपत्यका बाहिर पनि समारोहको आयोजना गर्ने निष्कर्षमा त्रिवि पुगेको हो । ‘यसपटक ८९ हजार दीक्षत भए । तर समारोहमा आउन १६ अजारले फारम भरे ।
अभिभावकसहित आउदा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भरियो । तर ठूलो संख्यामा विद्यार्थी समारोहमा सहभागी हुन पाएनन्,’ त्रिविका उपकुलपति प्राडा दीपक अर्यालले भने । पूर्व पश्चिमदेखि कर्णालीसम्मका विद्यार्थी अभिभावकसहति काठमाडौं आउन खर्च पनि धेरै लाग्छ । विकट गाउँबाट लाखौ खचेर दीक्षान्त समारोहमा आउनु पर्ने बाध्यता विद्यार्थी र अभिभावकको छ ।
कतिपय विद्यार्थी खर्च धेरै लाग्ने भएकाले काठमाडौंमा हुने समारहोमा नआएको पाइएको छ । ‘त्रिविले अब ५–६ वटा दीक्षान्त समारोहको आयोजना गर्ने तयारी गरेका छौँ । जस्तैः डडेल्धुराको विद्यार्थी अभिभावकसहित काठमाडौं आउन ठूलो खर्च लाग्छ । कञ्चनपुरतिर नै दीक्षान्त समारोह भयो भने धेरै खर्च लाग्दैन ,’ अर्यालले भने ।
उपकुलपति अर्यालका अनुसार पहिलो चरणमा पोखरबाट गर्ने तयारी छ । अध्ययनका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराध अधिकारी, उपकुलपति अर्याल, शिक्षाध्यक्ष खड्ग केसी, रजिस्ट्रार केदार प्रसाद रिजाल सहितको टोली पोखरा जाँदै छ ।
‘अर्को हप्ता हामी अध्ययनको लागि जादै छौँ । सबै तयारी गरेर आउँछौ,’ अर्यालले भने । विश्वविद्यालय अनुदान आयोग फार्मत ‘पोखरा च्याप्टर’ भनेर करिब ५ करोड बजेट पनि छुट्टाइएको छ । रेक्टर तहको अधिकारी पोखरमै राखेर परीक्षा सञ्चालन गर्ने र दीक्षान्त समारोह पनि त्यतै गर्न लागिएको हो ।
यसरी विस्तारै पूर्वको लागि विराटनगरमा पनि दीक्षान्त समारोहको आयोजना गर्ने योजना त्रिविको छ । ‘दीक्षान्त समारोह भनेको एउटा उत्सव हो । सबै सहभागी हुन पाउँनुपर्छ । विद्यार्थीको सहजताको लागि उपत्यका बाहिर पनि समारोहको आयोजना गर्न लागेको हो,’ उपकुलपति अर्यालले भने ।
काठमाडौंमा मात्र समारोहको आयोजना गर्दा धेरै भीड हुने गरेको छ । समारोह नै अस्तव्यस्त हुने भएकाले यसलाई व्यवस्थापन गर्न त्रिवि लागिपरेको हो । काठमडौं बाहिर गर्दा दीक्षान्त समारोहमा विद्यार्थीको सहभागिता पनि पढ्ने र व्यवस्थापन पनि सहज हुने अपेक्षा त्रिविको छ ।
प्रतिक्रिया 4