News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन आर्मी क्लबले डंकमान्डुमा भएको लिनिङ बास्केटबल प्रतियोगिताको फाइनलमा सोलो बास्केटबल क्लबलाई १०८-७७ ले पराजित गर्दै उपाधि जितेको छ।
- यस प्रतियोगिता हिमालयन जाभा बास्केटबल लिगको छनोटको रुपमा १२ टोली सहभागी भएर आयोजना गरिएको थियो।
- एचजेबीएलको दोस्रो सिजन आगामी मार्चमा आयोजना हुने र छनोट भएका चार टोलीले पहिलो सिजनका शीर्ष चार टोलीसँग प्रतिस्पर्धा गर्ने नेपाल बास्केटबल संघका अध्यक्ष भिम सिंह गुरुङले जानकारी दिनुभएको छ।
१२ पुस, काठमाडौं । त्रिभुवन आर्मी क्लबले लिनिङ बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल बास्केटबल संघको आयोजनामा डंकमान्डु, बौद्धमा आयोजित प्रतियोगिताको शनिबार भएको फाइनलमा आर्मीले सोलो बास्केटबल क्लबलाई १०८-७७ ले पराजित गर्दै उपाधि जितेको हो ।
हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल)को छनोट प्रतियोगिताको रुपमा समेत रहेको यस प्रतियोगितामा १२ टोली सहभागी थिए । जसमा आर्मी र सोलोसहित सेमिफाइनल पुगेका रोएल र प्लेबक्स एरेना हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल)को दोस्रो सिजनका लागि छनोट भएको छ ।
अब यी चार क्लबले पहिलो सिजन एचजेबीएल खेलेका चार टोलीसँगे एचजेबीएल खेल्ने नेपाल बास्केटबल संघका अध्यक्ष भिम सिंह गुरुङले जाजकारी दिए । असारमा पहिलो पटक भएको एचजेबीएलको उपाधि टाइम्स बास्केटबल क्लबले जितेको थियो ।
टाइम्ससँगै उपविजेता गोल्डेनगेट, तेस्रो भएको हाउण्ड्स र चौथो भएको कीर्तिपुरले भने अब हुने एचजेबीएलमा स्थान पक्का गरिसकेका छन् । एचजेबीएलको दोस्रो संस्करण आगामी मार्चमा आयोजना गर्ने तयारी रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।
‘यसअघि बास्केटबल लिग भएको थियो । यसपटक लिगका लागि क्वालिफायर नै आयोजना गर्याैं । अब छनोट भएका चार टोली र यसअघि एचजेबीएलमा शीर्ष चार टोलीले हिमालयन जाभा बास्केटबल लिग खेल्नेछन्’ अध्यक्ष गुरुङले भने, ‘दक्षिण एसियनमै पहिलो पटक नेबाले लिगको क्वालिफायर आयोजना गरेका हाैं।’
लिनिङ बास्केटबल प्रतियोगितामा नेपालभरबाट कूल १२ टिम (त्रिभुवन आर्मी क्लब, आईएसए, तरहरा, रोएल बास्केटबल क्लब, बिएमके, गण्डकी, चाणक्य बास्केटबल क्लब, सोलो बास्केटबल,बौद्ध बास्केटबल क्लब, प्लेबक्स एरेना, बौद्ध पिपलबोट क्लब र शंकरदेव कलेज) ले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया 4