+

सूर्य नेपाल गल्फ टुर २०२५-२६ मा आठ प्रतियोगिता, कुल पुरस्कार राशी ८० लाख १० हजार

२०८२ पुष  १२ गते १९:५९ २०८२ पुष १२ गते १९:५९
सूर्य नेपाल गल्फ टुर २०२५-२६ मा आठ प्रतियोगिता, कुल पुरस्कार राशी ८० लाख १० हजार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रोफेसनल गल्फर्स संघले आयोजना गर्ने सूर्य नेपाल गल्फ टुर २०२५–२६ सिजन आठ प्रतियोगितासहित सुरु हुन लागेको छ।
  • यस सिजनको कुल नगद पुरस्कार राशी ८० लाख १० हजार रहेको छ, जुन गत सिजनभन्दा १२ लाख ७८ हजारले बढी हो।
  • सिजनको पहिलो प्रतियोगिता २९ डिसेम्बर २०२५ देखि १ जनवरी २०२६ सम्म गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ।

१२ पुस, काठमाडौं । नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपीजीए) ले आयोजना गर्ने सूर्य नेपाल गल्फ टुर २०२५–२६ सिजन सुरु हुन लागेको छ। यस सिजनमा कुल आठ प्रतियोगिता आयोजना हुनेछन् ।

आठ प्रतियोगिताका लागि कुल नगद पुरस्कार राशी ८० लाख १० हजार रहने एनपीजीएका महासचिव दीपक आचार्यले जानकारी दिए। गत सिजनमा कुल नगद पुरस्कार राशी ६७ लाख ३२ हजार रहेको थियो। यो सिजनमा कूल १२ लाख ७८ हजार वृद्धि भएको हो ।

सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन २९ डिसेम्बर २०२५ देखि १ जनवरी २०२६ सम्म गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ। चार दिने प्रतियोगितामा शीर्ष १८ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् र कुल पुरस्कार राशि १० लाख ५० हजार रहेको छ।

दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन जनवरी १४ देखि १७ सम्म धरान गल्फ क्लबमा हुनेछ भने तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप जनवरी २७ देखि २९ सम्म नयाँ आर्मी गल्फ कोर्स, बर्दिबासमा आयोजना हुनेछ।

चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन फेब्रुअरी १० देखि १३ सम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ, जसको कुल पुरस्कार ८ लाख ७५ हजार रुपैयाँ छ। पाँचौ प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन मार्च ४ देखि ७ सम्म हिमालयन गल्फ क्लब, पोखरामा हुनेछ र यसको कुल पुरस्कार १० लाख ५० हजार रहनेछ।

छैटौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले अप्रिल ७ देखि ९ सम्म रोयल नेपाल गल्फ क्लबमा नक आउट प्रणालीमा हुनेछ, जहाँ शीर्ष १६ खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन् र कुल पुरस्कार ४ लाख २५ हजार रुपैयाँ रहनेछ।

सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मे ५ देखि ८ सम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ, जसको कुल पुरस्कार ७ लाख १० हजार रहेको छ।

अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिप जुन २ देखि ६ सम्म गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ र यो सिजनको सबैभन्दा ठूलो प्रतियोगिता हो, जसको कुल पुरस्कार १८ लाख रुपैयाँ रहेको छ।

सिजनका प्रमुख दावेदारमा निरज तामाङ, डिफेन्डिङ च्याम्पियन राहुल विश्वकर्मा, भुवन नगरकोटी, तोरण विक्रम शाही, दिनेश प्रजापति, सञ्जय लामा र रबी खड्का रहेका छन्।

एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठका अनुसार सूर्य नेपाल गल्फ टुरले नेपाली गल्फको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै नयाँ प्रतिभालाई अघि बढ्ने अवसर प्रदान गर्दै आएको छ।

सूर्य नेपाल गल्फ टुर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय