+
+
Shares

कांग्रेसले गर्‍यो बागीको कारबाही फुकुवा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका माथिको कारबाही फुकुवा गर्ने निर्णय कार्यसम्पादन समितिको बैठकले गरेको छ।
  • केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका तल्ला कमिटीलाई कारबाही फुकुवा सम्बन्धी परिपत्र पठाएको जानकारी गराउनुभएको छ।
  • परिपत्रमा कारबाही माफी पाएका व्यक्तिहरूको पार्टीको वहाल रहेको पद नरहने गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय उल्लेख गरिएको छ।

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसले यसअघिका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरू माथिको कारबाही फुकुवा गरेको छ ।

कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । निर्णयबारे पार्टीका तल्ला कमिटीलाई परिपत्र पठाउँदै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यसबारे जानकारी गराएका छन् ।

परिपत्रमा भनिएको छ, ‘विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समथृन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधानअनुसार स्वत: कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरिएको छ ।’

परिपत्रमा यसरी कारबाही माफी/मिनाहा भएका व्यक्तिहरूको पार्टीको वहाल रहेको पद नरहने गरी क्रियाशील सदस्यलाई निरन्तरता कायम गरी क्रियाशील नवीकरण गर्ने निर्णय भएको पनि उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?