+
+
Shares

नेकपा मोरङले पठायो उम्मेदवारको नाम, जीवन आचार्यको नाम फिर्ता

क्षेत्रीय कमिटीले पठाएको केही नामलाई परिमार्जन गर्दै केन्द्रमा पठाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टी मोरङले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारको नाम सिफारिस गरेको छ।
  • क्षेत्र नम्बर ४ र ५ बाट पूर्वमन्त्री अमनलाल मोदी र शिवकुमार मण्डल एकल उम्मेदवार सिफारिस भएका छन् भने क्षेत्र नम्बर ६ बाट जीवन आचार्यले नाम फिर्ता लिएका छन्।
  • समानुपातिकतर्फ मेदनी सेढाइ, सुशीला घिमिरे, प्रेम मिभक, अभिमन्यु यादव र ऋषी राई लगायत ३२ जनाको नाम सिफारिस गरिएको छ।

१३ पुस, विराटनगर । नेपाली कम्युनिस्ट पार्टी मोरङले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटीले पठाएको केही नामलाई परिमार्जन गर्दै केन्द्रमा पठाएको हो ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर ४ र ५ बाट एकल उम्मेदवार सिफारिस भएको छ । क्षेत्र नम्बर ६ बाट सिफारिसमा परेका प्रदेश सांसद जीवन आचार्यले आफ्नो नाम फिर्ता लिएका छन् ।

क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री अमनलाल मोदी र ५ बाट पूर्वमन्त्री शिवकुमार मण्डलको नाम एकल सिफारिस भएको छ । मोदी २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । क्षेत्र नम्बर ५ मा शिवकुमार स्वतन्त्र सांसद योगेन्द्र मण्डलसँग पराजित भएका थिए ।

निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ कुलप्रसाद साम्बा लिम्बू (कुशल), विपेन्द्र चेम्जोङ र उपेन्द्र घिमिरे, कल्पना राई र जेजीबाट कोसिस सुवेदीको नाम पठाइएको छ ।

क्षेत्र नम्बर २ मा प्रकाश पौडेल, चन्द्रवीर राई, जुब्बा सोरेन र प्रेमनारायण थापा र जेनजीबाट निर्मल भण्डारीको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ३ बाट सावित्री कुमार काफ्ले, डा. देवमान साम्बाहाम्फे, लालबहादुर सुस्लिङ मगर, चन्द्रकला सुब्बा र योगेन्द्र लिम्बू र चन्द्रबहादुर गुरुङको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर ६ मा उपेन्द्र राय, दीपककुमार ढकाल, सोनेलाल राजवंशी र वसिम आलम र सञ्जुकुमारी साह, मो. परवेज आलम र विनोद घिमिरेको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ६ को क्षेत्रीय समितिबाट सिफारिसमा परेका प्रदेश सांसद जीवन आचार्यको नाम फिर्ता भएको छ । क्षेत्र नम्बर ६ बाट पनि सिफारिस भएको पूर्वमन्त्री अमनलाल मोदीको नाम पनि फिर्ता भएको छ । जिल्लाले समानुपातिक तर्फ ३२ जना आकाक्षीको नाम केन्द्रमा पठाएको छ ।

समानुपातिक तर्फ मेदनी सेढाइ, सुशीला घिमिरे, प्रेम मिभक, भाेगेन्द्र यादव युवा तर्फ अभिमन्यु यादव, ऋषी राई दिपेश परियार लगायतकाे नाम सिफारिस भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?