१३ पुस, काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची भोलि निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले समयमै बन्दसूची निर्वाचन आयोगमा पठाउने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
‘बन्दसूचीलाई भोलि समयमै पठाउने कुराले विभिन्न जिल्लाबाट प्रदेशबाट जसरी सिफारिस भएको छ,’ भट्टले भने ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गरेको उनले बताए ।
‘समानुपातिक भनेको संसद्मा व्यवस्थित ढंगले नीति निर्माणमा पठाउने हो । बन्दसूचीमा अध्यक्षले होमवर्क गरेर केही सुझावसहित पारित गरेको छ,’ उनले भने ।
अध्यक्ष ओलीले आवश्यक ठानेमा उक्त सूचीमा केही करेक्सन हुनसक्ने पनि उनले बताएका छन् ।
‘अध्यक्षले आवश्यक ठानेमा केही करेक्सन गरेर निर्वाचन आयोगमा दर्ता गर्न पठाउने भन्ने भएको छ,’ भट्टले भने ।
प्रतिक्रिया 4