News Summary
Generated by OK AI. Editorially reviewed.- निर्माण तयारीमा रहेको नेवारी भाषाको फिल्म 'अः मै' को पहिलो झलक सार्वजनिक भएको छ।
- फिल्म सत्य घटनाबाट प्रभावित पौराणिक प्रेमकथामा आधारित रहेको र नेवारी संस्कृति र प्रेमलाई प्रस्तुत गर्नेछ।
- फिल्ममा प्रदीप महर्जन र श्रीया महर्जन मुख्य भूमिकामा छन् र बैशाखदेखि विशेष च्यारिटी शो आयोजना गरिने छ।
काठमाडौं । निर्माण तयारीमा रहेको नेवारी भाषाको फिल्म ‘अः मै’ को पहिलो झलक सार्वजनिक भएको छ । निर्माताले आइतबार सत्य घटनाबाट प्रभावित भनिएको फिल्मको पोस्टर ल्याएका हुन् ।
ह्वाइट स्ट्रिङको प्रस्तुति रहने यो कथानक फिल्मलाई पौराणिक प्रेमकथामा आधारित रहेको जनाइएको छ, जसले परम्परा, संस्कृति, प्रेम र मानवीय संवेदनालाई गहिरो रूपमा प्रस्तुत गर्ने जनाइएको छ ।
पटकथा लेखन तथा निर्देशन देविन महर्जनको हुनेछ । फिल्मले नेवारी चलचित्र क्षेत्रमा नयाँ आयाम थप्ने निर्देशक महर्जनले बताए ।
फिल्मको क्रिएटिभ हेडमा अभय बराल, छायांकारमा बसन्त महर्जन, संगीतमा प्री महर्जन एन्ड एडवार्डिन छन् । फिल्मको लागि कलाकार छनोटको कार्य जारी रहेको जनाइएको छ ।
नेवारी भाषा, संस्कृति र भावनालाई आत्मसात गर्न सक्ने कलाकारलाई प्राथमिकतामा राखेर कास्टिङ प्रक्रिया अघि बढाइएको जानकारी निर्माण टिमले दिएको छ ।
फिल्मको शीर्ष भूमिकामा प्रदीप महर्जन र श्रीया महर्जनलाई देख्न सकिन्छ । बैशाखदेखि फिल्मको विशेष च्यारिटी शो आयोजना गरिने उल्लेख छ ।
फिल्मलाई सबै समुदायका दर्शकले बुझ्न सकून भन्ने उद्देश्यले अंग्रेजी तथा नेपाली सबटाइटल समावेश गरिने जनाइएको छ । फिल्म चाहिँ नेपाल भाषामा बन्न लागेको हो ।
च्यारिटी शोहरू सम्पन्न भएपछि फिल्मलाई मुलुकका हलमा प्रदर्शन गर्ने तयारी छ ।
प्रतिक्रिया 4