+
+
Shares

गगन-विश्वलाई केन्द्रीय सदस्यहरूले सोधे : चुनाव आइसक्यो, विशेषको कुरा कसरी सम्बोधन गर्ने ?

नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई भेटेर चुनाव आइसकेको भन्दै विशेष महाधिवेशनको विषय कसरी सम्बोधन गर्न सकिन्छ भनेर सोधेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १४:३२

१८ पुस, काठमाडौँ । नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई भेटेर चुनाव आइसकेको भन्दै विशेष महाधिवेशनको विषय कसरी सम्बोधन गर्न सकिन्छ भनेर सोधेका छन् ।

सभापति शेरबहादुर देउवालाई भेटेर आएका २५ बढी केन्द्रीय सदस्यले महामन्त्रीद्वयलाई पनि भेटेका थिए । सोक्रममा केन्द्रीय सदस्यहरूले पुस १६ गतेदेखि सुरु हुने अधिवेशनको प्रभावित भइसकेपछि किन सूचना जारी नगरेको भनेर पनि सोधेको केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन् ।

‘पहिलो कुरा नियमित महाधिवेशनको तालिका आयो । यो १६ गते अधिवेशन सुरु भएन । १६ गते अधिवेशन हुन सकेन भनेर किन सूचना जारी नगरिएको भनेर सोध्यौँ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘चुनाव आएको छ । विशेष भनेर आयो । यसलाई कसरी सम्बोधन गरेर निकास दिने ? पार्टी एकता कायम कसरी राख्ने ? भनेर सोध्यौँ ।’

उनले महामन्त्रीहरूले विशेष महाधिवेशन पार्टी विभाजनका लागि नभएको बताएको जानकारी दिइन् ।

आजै सभापति देउवाले भने विशेष महाधिवेशन हुँदैन भनेर भनेको पनि उनले बताइन् ।

‘सभापतिले विशेष हुँदैन भन्नुभयो । हामीले निकास चाहियो भन्यौँ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?