+
+
Shares

धोबीखोला नदी करिडोरमा थालियो सडक मर्मत

हाल करिडोरको दायाँ किनारको सडक मर्मत सकिएको छ । बायाँ किनारतर्फको काम हुँदैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धोबीखोला नदी करिडोर सडकको दायाँ किनारको मर्मत सम्पन्न भइसकेको छ र बायाँ किनारको मर्मत भइरहेको छ।
  • काठमाडौं उपत्यका विकास प्राधिकरणले करिडोर सडक मर्मतका लागि काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको थियो।
  • सडक मर्मत कार्य काठमाडौं महानगरपालिकाको समन्वयमा भइरहेको छ र करिडोर क्षेत्राधिकार प्राधिकरणको मातहतमा पर्दछ।

१८ पुस, काठमाडौं । धोबीखोला नदी करिडोर सडक मर्मत गरिएको छ ।

सहरी विकास मन्त्रालय मातहत काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा धोबीखोला करिडोरको बागमती दोभानदेखि चाबहिल बैजनी पुलसम्मको करिडोर सडकको दायाँ र बायाँ दुवै किनारको मर्मत धमाधम भइरहेको छ ।

धोबीखोला करिडोर प्राधिकरणको क्षेत्राधिकारमा पर्दछ । हाल करिडोरको दायाँ किनारको सडक मर्मत सकिएको छ । बायाँ किनारतर्फको काम हुँदैछ ।

प्राधिकरणले धोबीखोला करिडोर तथा कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना क्षेत्रको बाटोमा खाल्डाखुल्डी भएकाले व्यापक जनगुनासो रहेको र उक्त बाटो यथाशीघ्र मर्मत गर्नुपर्ने भएकोमा आयोजनाको बजेट रोक्का र अपुग भएकाले मर्मतका लागि काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको थियो ।

प्राधिकरणको अनुरोधमा काठमाडौं महानगरपालिकाबाट सडक मर्मत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?