१८ पुस, काठमाडौं । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले विकास आयोजनाहरुलाई सहजीकरण गर्न अहिलेको सरकार तत्पर रहेको बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यसबारे सरकारका हालैका काम कारबाहीले पनि संकत गर्ने बताएका हुन् ।
विगतमा विभिन्न कारणले हेलचेर्क्याईं गरिएका, जनताप्रति उत्तरदायी नभएर गरिएका योजनाहरुबाट जनताले धेरै दु:ख पाइरहेको उनले बताए । विगतको सिकाईबाट अहिले नागरिकले पाउने सेवामा सहजता प्रदान गरिरहेको उनको दाबी छ ।
‘विकास आयोजनाहरुलाई सहजीकरण गर्न अहिलेको सरकार तत्पर छ । तपाईंहरुले यसको धेरै संकेत पाउनुभयो पनि होला । काम पनि भइरहेको छ,’ उनले भने, ‘विगतमा विभिन्न कारणले हेलचेर्क्याईं गरिएका, जनताप्रति उत्तरदायी नभएर गरिएका कार्यक्रमले धेरै दु:ख भएको छ । अहिले यसलाई विगतको सिकाईबाट कसरी सहजीकरण गर्ने भन्नेकुरा अहिलेको सरकारको सोच छ । त्यसतर्फ हामी काम गर्नेछौँ ।’
प्रतिक्रिया 4