+
+
Shares

सरकारी संरचनामा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छ : वनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १२:२६

३ पुस, काठमाडौं । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्ने बताएका छन् ।

बिहीबार नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री चौलागाईंले यस्तो बताएका हुन् ।

उनले वन मन्त्रालयमै विदेशी पैदावारबाट बनाइएका सामग्रीको प्रयोग हुनु लज्जास्पद भएको बताए ।

उनले नीतिमा सुधार गर्नुका साथै व्यावहारिक कुरामा पनि सुधार गर्नका लागि हरेक दिनलाई अन्तिम दिन मानेर काम गरिरहेको बताए ।

उनले स्वदेशी कच्चा पदार्थको प्रयोग, नीतिगत सहजीकरण र बजार विस्तारको विषय सरकारको प्राथमिकतामा रहेको समेत बताए ।

उनले भने, ‘नेपाल सरकारले आफ्नो संरचना बनाउँदा आफ्नै वन पैदावार प्रयोग गर्ने कुराहरू पनि आएका छन् । पहिलो दिन हामी वन मन्त्रालय जाँदा मन्त्रीको कार्यकक्षको जुन बाटो हुँदै गयौँ । त्यहाँ विदेशी वस्तुको मात्रै प्रयोग गरेको देख्दा हाँसो उठिरहेको थियो । यो भन्दा लज्जास्पद कुरा केही पनि छैन । अनि हामीले विस्तारै परिवर्तन गर्दै जाने निर्णय गरेका छौँ । हामी हरेक दिन अन्तिम दिन मानेर काम गरिरहेका छौँ । अर्को दिन सुरु भएपछि फेरि अन्तिम दिन भनेर नै काम गर्ने हो । हामीलाई ३० दिन दिनुहोस् हामी केही न केही गर्छौं ।’

उनले वन पैदावार उद्योगी व्यवसायीहरूलाई ३० दिनमा परिणाम दिनेगरी अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?