+
+
Shares

भद्रपुर विमानस्थलमा बुद्ध एयर दुर्घटनाका सबै यात्रु सुरक्षित

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते २१:५०

१८ पुस, काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट दुर्घटनामा परेको एयरको विमानमा सवार सबै सकुशल रहेका छन् ।

९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए ।

उनीहरू सबै सकुशल रहेको र विमानबाट उद्धार भइसकेको छ ।

बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार, अवतरणका क्रममा धावनमार्गबाट जहाज चिप्लिएको हो । प्राविधिकसहितको टोली अहिले काठमाडौंबाट भद्रपुरतर्फ आजै पठाउन लागेको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?