+
+
Shares

कानुनविद्सँग गगन-विश्वले भने : विशेष महाधिवेशनको माग बेवारिसे हुन दिन्नौं

कानुनव्यवसायीसँग शनिबार गरेको परामर्शका क्रममा उनीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको मागलाई बेवारिसे हुन नदिने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १९ गते १६:४३

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए पनि मागलाई बेवारिसे हुने नदिने बताएका छन् ।

कानुनव्यवसायीसँग शनिबार गरेको परामर्शका क्रममा उनीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको मागलाई बेवारिसे हुन नदिने बताएका हुन् ।

‘विधानत: ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेपछि विशेष महाधिवेशन बाध्यकारी छ भन्नेमा स्पष्ट छौं । अझै पनि हाम्रो प्रयास केन्द्रले आफैं बोलाउनुपर्छ भन्ने छ । त्यसका लागि लागेका छौं, अन्तिमम्म लाग्नेछौं,’ उनीहरूको भनाइ थियो, ‘केन्द्रले बोलाएन भने यो माग बेवारिशे हुन सक्दैन विधान र कानुनबमोजिम पुरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्य हामीले सचेततापूर्वक पुरा गर्नुपर्छ, गर्नेछौं ।’

निर्वाचन अगाडि महाधिवेशन गरेर  नयाँ उर्जा, नीति, संकल्पसहित निर्वाचनमा जानुपर्ने पर्छ भन्ने विषय राजनीतिक विषय भएकाले आफूहरू निरन्तर प्रयत्नमा रहेको महामन्त्रीद्वयको भनाइ थियो । ‘हामीले बारम्बार भनेका छौं– नेतृत्वमा हामी को रहने भन्ने विषय गौण हो । पार्टीको अस्तित्व, पद्दतिको विषय महत्वपूर्ण हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?