+
+
Shares

शेखर कोइरालालाई राष्ट्रिय सभा निर्वाचनमा ३ सिट

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १२:१४

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसमा छुट्टै समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला पक्षले राष्ट्रिय सभाको निर्वाचनमा तीन सिट पाएको छ ।

नेकपा एमालेसँगको तालमेलमा राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले पाएको नौ सिटमध्ये कोइराला समूहलाई संस्थापन पक्षले तीन सिट दिएको छ ।

कोइराला समूहले आफूले पाएको तीन सिटमध्ये मधेश प्रदेशबाट रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा र लुम्बिनी प्रदेशबाट बासुदेव जंगलीलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वअध्यक्ष कर्ण अपाङ्गता/अल्पसंख्यक, देवकोटा महिला र जंगली अपाङ्गता/अल्पसंख्यक क्लस्टरबाट सिफारिसमा परेका हुन् ।

कांग्रेसको भागमा परेका अन्य ६ जनामा सभापति शेरबहादुर देउवानिकट नेताहरू सिफारिसमा परेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मानिकट कसैलाई पनि सिफारिस गरिएको छैन ।

कांग्रेसबाट कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित), गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य)लाई उम्मेदवार बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?