+
+
Shares

मधेशमा नेकपाबाट ४ जनाको उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट चार जनाको उम्मेदवारी दर्ता भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १७:३१

२३ पुस, जनकपुरधाम । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट चार जनाको उम्मेदवारी दर्ता भएको छ ।

अल्पसंख्यकतर्फ रौतहटका रामानन्द प्रसाद, अन्यतर्फ सर्लाहीका लक्ष्मण पौडेल, दलिततर्फ सर्लाहीका सम्भु पासवान र महिलातर्फ धनुषाकी समी अग्रवालको उम्मेदवारी परेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग गठबन्धन नभएपछि नेकपाले छुट्टै उम्मेदवारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?