+
+
Shares

‘झलिको’ गायक बने लोकप्रिय नेपाली संगीतकर्मी, यस्तो छ शीर्ष १० ‘भाइब्रेट’ सूची

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १३:२५
'झलिको' म्युजिक भिडियोमा गायक तथा संगीतकार अर्जुन सापकोटा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक अर्जुन सापकोटा डिसेम्बर महिनाको लोकप्रिय नेपाली संगीतकर्मी बनेका छन्।
  • उनको गीत 'झलिको' युट्युबमा १ करोड ९५ लाखभन्दा बढी पटक हेरिएको छ।
  • भाइब्रेटको सूचीमा सान्नु कुमार दोस्रो र सुशान्त केसी तेस्रो स्थानमा छन्।

काठमाडौं । धन्यवाद- ‘झलिको’ लाई । यो गीतको मद्दतमा गायक अर्जुन सापकोटा गत महिनाका लोकप्रिय नेपाली संगीतकर्मी बनेका छन् । म्युजिक डेटा प्लाटफर्म ‘भाइव्रेट’ को डिसेम्बर महिनाको सूचीमा गायक सापकोटा ४९२.४ के अंकसहित लोकप्रिय नेपाली संगीतकर्मी बनेका हुन् ।

उक्त प्लाटफर्मले महिनैपिच्छे यो सूची निकाल्छ । सापकोटाद्वारा संगीतबद्ध गीत ‘झलिको’ अहिले सामाजिक सञ्जालमा निकै रुचाइएको छ । युट्युबमा मात्र यसलाई १ करोड ९५ लाखभन्दा धेरै पटक हेरिएको छ । टिकटकमा पनि हजारौंले यो गीतमाथि भिडियो बनाइरहेका छन् ।

लोकशैलीमा तयार पारिएको उक्त गीतमा सापकोटाको संगीत छ । गायनमा उनलाई मेलिना राई र समीक्षा अधिकारीले साथ दिएका छन् । सन्तोष सापकोटाका शब्द गीतमा छन् ।

‘भाइब्रेट’ को उक्त सूचीको दोस्रो स्थानमा राजविराजका मैथिली र भोजपुरी गायक सान्नु कुमार छन् । नेपालको तराई र मधेश क्षेत्रमा सान्नुको लोकप्रियता ब्यापक छ । ४४४.७ के अंकसहित उनी दोस्रो स्थानमा छन् ।

तेस्रो स्थानमा सुशान्त केसी, चौंथोमा टंक बुढाथोकी र पाँचौमा बालेन छन् । त्यसपछि शीर्ष १० मा क्रमशः सज्जनराज वैद्य, तृष्णा गुरुङ, भिटेन, प्रकाश दूतराज र मेलिना राई छन् ।

‘भाइब्रेट’ ले कलाकार, प्रबन्धक, लेबलका लागि प्रमुख स्ट्रिमिङ सेवा, सामाजिक सञ्जाल र रेडियोबाट रियल टाइम डेटा संकलन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?