+
+
Shares

राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूत थम्पसनको विदाइ भेट

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १५:०९

२४ पुस, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाइ भेट गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यमा अमनुसार राजदूत थम्पसनले बिहीबार राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग विदाइ भेट गरेका हुन् ।

सो अवसरमा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको शाक्यले बताए ।

राजदूत थम्पसनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राष्ट्रपति पोडेलले धन्यवाद समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?