+
+
Shares

चीनमा रहेका नेपालीका लागि अध्यागमन र कानूनी सचेतना कार्यक्रम आयोजना

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् र ग्वाङ्झाउस्थित नेपाली महावाणिज्य दूतावासले नेपाली समुदायलाई कानूनी सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएका छन्।
  • कार्यक्रम शुक्रबार दिउँसो ग्वाङ्झाउको ल्यान्डमार्क इन्टरनेशनल होटलमा हुनेछ र चीनमा बसोबास तथा व्यवसाय गर्ने नेपालीलाई लक्षित गरिएको छ।
  • कार्यक्रममा अध्यागमन प्रक्रिया, कानूनी अधिकार, व्यवसायिक सम्झौता र व्यवहारिक चुनौतीबारे प्रत्यक्ष जानकारी दिने व्यवस्था गरिएको छ।

२४ पुस, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् चीन र ग्वान्जाउस्थित नेपाली महावाणिज्य दूतावासको संयुक्त आयोजनामा नेपाली समुदायलाई ज्ञान र कानूनी सचेतनाद्वारा सशक्त बनाउने उद्देश्यले विशेष अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ।

यो कार्यक्रम यस किसिमको पहिलो पहल भएको आयोजकले जनाएका छन्।

कार्यक्रममा चीनमा बसोबास तथा व्यवसाय गर्दै आएका नेपालीहरूले भोग्दै आएका अध्यागमन प्रक्रिया, कानूनी अधिकार, व्यवसायिक सम्झौता र व्यवहारिक चुनौतीबारे सम्बन्धित निकायका प्रतिनिधि, कानुन व्यवसायी तथा अनुभवी व्यवसायीहरूबाट प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर रहनेछ।

कार्यक्रम दिउँसो ग्वान्जाउको ल्यान्डमार्क इन्टरनेशनल होटलमा भएको थियो ।

आयोजकले चीनमा रहेका सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई लाभ लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?