News Summary
Generated by OK AI. Editorially reviewed.- खाँदबारी बालविकास समाजले पर्सा जिल्लाको सखुवापर्सौनी गाउँपालिका–५ स्थित पिस फर दलित फाउण्डेसनलाई एक लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ।
- संस्थाले दुई वर्षदेखि आर्थिक रूपमा कमजोर पाँच विद्यार्थीलाई एसईईसम्मको अध्ययनका लागि वार्षिक रूपमा एक लाख रुपैयाँ खर्च गर्दै आएको छ।
- पिस फर दलित फाउण्डेसनले दलित तथा सीमान्तकृत समुदायको हकहितका लागि छुवाछुत अन्त्य, सामाजिक न्याय र शिक्षा क्षेत्रमा काम गर्दै आएको छ।
२४ पुस, काठमाडौं । खाँदबारी बालविकास समाजले यस वर्ष पर्सा जिल्लाको सखुवापर्सौनी गाउँपालिका–५, महुवनस्थित पिस फर दलित फाउण्डेसनलाई एक लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ ।
दुई वर्षअघि स्थापना भएको खाँदबारी बालविकास समाजले गत वर्ष दाताहरूबाट प्राप्त कोष परिचालन गर्दै संखुवासभा जिल्लाका आर्थिक रूपमा कमजोर तथा जेहेन्दार पाँच जना विद्यार्थीलाई एसईईसम्मको अध्ययनका लागि सहयोग गरेको थियो ।
ती विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले संस्थाले वार्षिक रूपमा एक लाख रुपैयाँ खर्च गर्दै आएको जनाएको छ ।
पिस फर दलित फाउण्डेसन मधेश प्रदेशमा दलित तथा सीमान्तकृत समुदायको हकहितका लागि क्रियाशील एक गैरसरकारी सामाजिक संस्था हो ।
फाउण्डेसनले छुवाछुत अन्त्य, सामाजिक न्याय, दलित सशक्तिकरण, समानता, शिक्षा तथा स्वतन्त्रताको पक्षमा काम गर्दै आएको छ ।
बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका विषयमा संस्थाले सहयोग गर्दै आएको छ ।
पछिल्लो पाँच वर्षदेखि दलित तथा सीमान्तकृत बालबालिकाका लागि नि:शुल्क ट्युसन कक्षा तथा सिकाइ सुधार केन्द्र समेत सञ्चालन गर्दै जानकारी दिएको छ ।
खाँदबारी बालविकास समाजले भविष्यमा पनि बालबालिका तथा सीमान्तकृत समुदायको सशक्तीकरणका लागि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ ।
प्रतिक्रिया 4