+
+
Shares

हलमा लागे ‘दिमाग घोच्ने मान्छे’ र प्रभास स्टारर ‘द राजा साब’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा शुक्रबारदेखि दुई फिल्म हलमा रिलिज भएका छन्, जसमा उज्वल थापाबारे वृत्तचित्र 'दिमाग घोच्ने मान्छे' र भारतीय फिल्म 'द राजा साब' छन्।
  • 'दिमाग घोच्ने मान्छे' डकुमेन्ट्रीको रनटाइम ११० मिनेट र सर्टिफिकेट युनिभर्सल छ, जसले थापाको जीवन संघर्ष र वैकल्पिक राजनीतिलाई चित्रण गरेको छ।
  • भारतीय फिल्म 'द राजा साब' प्रभास र संजय दत्त स्टारर हो, जसको रनटाइम १८९ मिनेट र पीजी सर्टिफिकेट छ, र यो पनि शुक्रबारदेखि रिलिज भएको छ।

काठमाडौं । शुक्रबारदेखि दुई फिल्म हलमा रिलिज भएका छन् । नेपालको वैकल्पिक राजनीतिका अगुवा स्वर्गीय उज्वल थापाबारेको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ र प्रभास स्टारर भारतीय फिल्म ‘द राजा साब’ हलमा लागेका हुन् ।

डकुमेन्ट्री जनरामा बनेको ‘दिमाग घोच्ने मान्छे’ को रनटाइम ११० मिनेट र सर्टिफिकेट युनिभर्सल छ । विवेकशिल साझा पार्टीका संस्थापक अध्यक्ष समेत रहेका थापाको जीवन संघर्ष र वैकल्पिक राजनीतिलाई अघि बढाउन उनले खेलेको भूमिकालाई उक्त डकुमेन्ट्रीमा चित्रण गरिएको छ ।

कथानक फिल्म मात्र हलमा चल्ने आमप्रवृत्तिमाझ धेरैपछि वृत्तचित्र हलमा प्रदर्शन भैरहेको छ । तपाईंलाई डकुमेन्ट्रीमा रुचि छ भने ‘दिमाग घोच्ने मान्छे’ दर्शनीय हुनसक्छ । सुदीप भाजु निर्देशित यो फिल्मलाई प्रधानमन्त्री र मन्त्रीहरूले हालैको प्रिमियर समारोहमा हेरिसकेका छन् ।

प्रभास र संजय दत्त स्टारर भारतको हरर, कमेडी रोमान्स जनराको फिल्म ‘द राजा साब’ पनि शुक्रबारदेखि रिलिज भएको छ । मुरथी दसारी निर्देशित फिल्मले एक राजाको कथा पेश गर्छ । पीजी सर्टिफिकेट पाएको यो फिल्मको रनटाइम १८९ मिनेट छ ।

अहिले नेपालका हलमा ‘एक्लो’, झरीपछिको इन्द्रेणी, धुरन्धर, हाउसमेड, परान, अवतार ३ लगायतका फिल्म प्रदर्शन भैरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?