+
+
Shares

कांग्रेस संस्थापन पक्षको भेला सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १२:४२

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको भेला सुरु भएको छ ।

अनन्दभूमि इभेन्टमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला सुरु भएको हो ।

भेलामा नेताहरू कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाइँ, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेस्ठ, गणेश लामालगायत सहभागी छन् ।

सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला आह्वान गरेको थियो ।

आज बिहान मात्रै कांग्रेस संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको भेला भएको थियो । भेलामा सहभागी केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेका छन् ।

छलफलपछि उनीहरूले विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?