२५ पुस, धनगढी । सेती प्रादेशिक अस्पतालमा शल्यक्रियामार्फत शिशु जन्माएपछि मृत्यु भएकी महिलाको शव तीन दिनदेखि उठेको छैन् ।
बुधबार साँझ ५ बजे ज्यान गुमाएकी गोदावरी नगरपालिका–८ बस्ने ३३ वर्षीया राधिका नेपालीको शव अहिलेसम्म नउठाउने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले नेपालीको शव प्रादेशिक अस्पतालको शव गृहमा रहेको बताए ।
उनका अनुसार राधिकाको मृत्युुको विषयमा पीडित पक्ष र अस्पताल प्रशासनबीच छलफल भइरहेपनि निष्कर्षमा नपुगेका कारण शव नउठेको हो ।
शल्यक्रियामार्फत नवजात शिशु (छोरी) लाई जन्म दिएपछि सुत्केरीको स्वास्थ अवस्था जटिल बनेको थियो ।
२३ गते दिउँसो शिशु जन्माएकी नेपालीको उपचारका क्रममा साँझ मृत्यु भएको थियोे । आमाको मृत्युु भएपनि नवजात शिशु भने जिवितै छ ।
परिवारले भने चिकित्सकको लापरबाहीले नेपालीको मृत्युु भएको भन्दै कानुनबमोजिम कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन् ।
प्रतिक्रिया 4