+

यू–२० पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ

२०८२ पुष  २५ गते १३:४० २०८२ पुष २५ गते १३:४०
यू–२० पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले उर्जन श्रेष्ठलाई नेपाल यू–२० पुरुष राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
  • सहायक प्रशिक्षकमा जितबहादुर पुन र मंगल महर्जन तथा गोलकिपर प्रशिक्षकमा गंगा राम देउजा नियुक्त भएका छन्।
  • एन्फा महासचिव किरण राईले तीनैजनालाई औपचारिक नियुक्ति पत्र प्रदान गर्नुभएको छ।

२५ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाल यू–२० पुरुष राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

सहायक प्रशिक्षकमा जितबहादुर पुन र मंगल महर्जन रहेका छन् भने गोलकिपर प्रशिक्षकमा गंगा राम देउजा नियुक्त भएका छन्।

एन्फा महासचिव किरण राईले शुक्रबार तीनैजनालाई औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गरेका हुन्।

नेपाल यू–२० टिमले माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनसिप २०२६ मा सहभागिता जनाउनेछ।

उक्त प्रतियोगिता २२ मार्चदेखि ३ अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ।

नेपाल यू–२० पुरुष फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय