News Summary
Generated by OK AI. Editorially reviewed.- पेरिस सेन्ट–जर्मेनले कुवेतमा भएको फ्रेन्च सुपर कप फुटबलमा मार्सेललाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै लगातार चौथो पटक उपाधि जितेको छ।
- खेलको १३औं मिनेटमा ओस्मान डेम्बेलेले गोल गरेपछि पीएसजीले अग्रता लिएको थियो, तर मार्सेलले ७६औं र ८७औं मिनेटमा दुई गोल गरे।
- इन्जुरी समयमा गोन्सालो रामोसले बराबरी गोल गरेपछि खेल पेनाल्टीमा पुगेको थियो र पीएसजीका गोलकिपर लुकास शेभालिएले दुई पेनाल्टी रोके।
२५ पुस, काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले मार्सेललाई हराउँदै लगातार चौथो पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ। कुवेतमा भएको खेलमा पीएसजीले अतिरिक्त समयको अन्तिम क्षणमा बराबरी गोल गर्दै खेल पेनाल्टी सुटआउटमा पुर्याएको थियो।
खेलको १३औं मिनेटमा ओस्मान डेम्बेलेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। तर खेलको अन्त्यतिर मार्सेलेले दुई गोल गर्दै अग्रता लिएको थियो। मेसन ग्रिनउडले ७६औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने विलियन पाचोबाट ८७औं मिनेटमा आत्मघाती गोल भएपछि मार्सेल अगाडि आएको थियो ।
इन्जुरी समयमा गोन्सालो रामोसले बराबरी गोल गरेपछि खेल पेनाल्टीमा गयो। पेनाल्टी सुटआउटमा पीएसजीका गोलकिपर लुकास शेभालिएले दुई पेनाल्टी रोकेपछि पीएसजीले ४–१ को जित हात पार्यो।
यो जितसँगै पीएसजीले पछिल्ला १३ मध्ये १२ पटक फ्रेन्च सुपर कप जित्ने कीर्तिमान पनि कायम राखेको छ।
प्रतिक्रिया 4