News Summary
Generated by OK AI. Editorially reviewed.- रियल मड्रिडले स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको मड्रिडलाई २-१ गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ।
- फेडेरिको भालभर्डे र रोड्रीगोले एक एक गोल गरे भने एलेक्जेन्डर सोर्लोथले एट्लेटिकोका लागि सान्त्वना गोल फर्काए।
- रियल मड्रिडले अब फाइनलमा बार्सिलोनासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
२५ पुस, काठमाडौं । रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो सेमिफाइनलमा एट्लेटिको मड्रिडलाई २-१ गोलअन्तरले हराउँदै रियल फाइनलमा पुगेको हो ।
रियलको जितमा फेडेरिको भालभर्डे र रोड्रीगोले एक एक गोल गरे । एट्लेटिकोका एलेक्जेन्डर सोर्लोथले सान्त्वना गोल फर्काए ।
खेलको दोस्रो मिनेटमै भालभर्डेले फ्रिकिकमार्फत शानदार गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा रोड्रिगोले दोस्रो गोल थपे ।
५८औं मिनेटमा सोर्लोथले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि गोल हुन सकेन ।
रियल मड्रिडले अब उपाधिका लागि बार्सिलोनासँग खेल्नेछ । बार्सिलोनाले बुधबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई हराएर फाइनलमा पुगिसकेको छ ।
प्रतिक्रिया 4