+

विश्वविद्यालय खेलकुद माघमा हुने

२०८२ पुष  २४ गते २०:३७ २०८२ पुष २४ गते २०:३७
विश्वविद्यालय खेलकुद माघमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद् र काठमाडौं विश्वविद्यालयले माघ २२ गते तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका छन्।
  • प्रतियोगितामा टेबलटेनिस, बास्केटबल र छात्र भलिबलको प्रतिस्पर्धा हुने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन्।
  • दुईदिनसम्म चल्ने खेलहरु धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको हातामा सञ्चालन गरिने समितिका सदस्य कमलबहादुर भट्टराईले बताए।

२४ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा हुने तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गते हुने भएको छ ।

विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, अखिल नेपाल टेबलटेनिस संघका महासचिव कुवेरप्रकाश सिंह, नेपालयका अध्यक्ष सुवास प्रधान, नेपाल भलिबल संघका प्रतिनिधि, विभिन्न विश्वविद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा टेबलटेनिस, बास्केटबल र भलिबलको प्रतिस्पर्धा हुने समितिका सचिव एवं खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् ।

भलिबलमा छात्रको मात्र खेल हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको हातामा खेलाइने छ ।

विश्वविद्यालय खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय