+

मुस्तफिजुरलाई आईपीएलमा फर्काउने भारतको प्रस्ताव बंगलादेशद्वारा अस्वीकार !

२०८२ पुष  २४ गते १४:५६ २०८२ पुष २४ गते १४:५६
मुस्तफिजुरलाई आईपीएलमा फर्काउने भारतको प्रस्ताव बंगलादेशद्वारा अस्वीकार !

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेश क्रिकेट बोर्डले भारतको प्रस्ताव अस्वीकार गर्दै आफ्नो टोलीलाई भारतमा आईसीसी टी–२० विश्वकप खेल्न नजाने अडान दोहोर्‍याएको छ।
  • भारतले मुस्तफिजुर रहमानलाई आईपीएलमा पुनः समावेश गर्ने प्रस्ताव राखेको थियो तर बंगलादेशले सुरक्षा ग्यारेन्टी नदिएसम्म सहमति नदिने जनाएको छ।
  • मुस्तफिजुरलाई कोलकाता नाइट राइडर्सले आईपीएलमा अनुबन्ध गरेको थियो तर बीसीसीआईले उनलाई बिना कारण रिलिज गर्न निर्देशन दिएको थियो।

२४ पुस, काठमाडौं । भारतीय क्रिकेट बोर्डले बंगलादेशका पेस बलर मुस्तफिजुर रहमानलाई आईपीएलमा फर्काउन गरेको प्रस्ताव बंगलादेश क्रिकेट बोर्डले अस्वीकार गरेको खबर सार्वजनिक भएको छ ।

बंगलादेशी समाचार संस्था बीडी क्रिकटाइममा प्रकाशित एक रिपोर्टअनुसार मुस्तफिजुरलाई आईपीएलबाट हटाइएपछि भारतले उनलाई फेरि आईपीएलमा सहभागी गराउने प्रस्ताव गरेको थियो।

भारतले मुस्तफिजुरलाई आईपीएलमा पुनः समावेश गर्ने शर्तमा बंगलादेशले आईसीसी टी–२० विश्वकपका खेल भारतमै खेल्न सहमति जनाओस् भन्ने प्रस्ताव राखेको थियो। तर बंगलादेश क्रिकेट बोर्डले उक्त प्रस्ताव स्पष्ट रूपमा अस्वीकार गरेको बताइएको छ ।

बंगलादेश बोर्डले कुनै पनि हालतमा बंगलादेशी टोली भारतमा विश्वकप खेल्न नजाने अडान दोहोर्‍याएको छ। बोर्डका अनुसार, यदि एक खेलाडीको सुरक्षाको ग्यारेन्टी दिन नसक्ने हो भने पूरै टोली पठाउने प्रश्न नै उठ्दैन।

मुस्तफिजुरलाई आईपीएलको मिनी अक्सनमा कोलकाता नाइट राइडर्सले ९ करोड २० लाख भारुमा अनुबन्ध गरेको थियो। तर त्यसपछि बीसीसीआईले कुनै स्पष्ट कारण नदिई उनलाई रिलिज गर्न निर्देशन दिएको थियो। यसपछि कोलकाताले मुस्तफिजुरसँग सम्बन्धित सबै प्रचार सामग्री हटाएको थियो।

यस घटनापछि बंगलादेशले आफ्ना विश्वकप खेलहरू श्रीलंकामा सार्न औपचारिक अनुरोधसमेत गरेको छ। बीसीबीका एक वरिष्ठ अधिकारीले भारतको कुरा मान्नु भनेको एकपटक इनिङ डिक्लेयर गरिसकेपछि फेरि ब्याटिङ गर्न गएजस्तै हुने भएकाले उक्त प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।

बंगलादेशको कडा अडानका कारण भारतले पछिल्ला दिनमा मुस्तफिजुरलाई आईपीएलमा फर्काउने प्रयास गरे पनि सहमति हुन सकेको छैन।

मुस्तफिजुर रहमान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय