+

पाँचौं टेस्टमा इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले ४-१ ले जित्यो एसेज शृंखला

२०८२ पुष  २४ गते १०:५८ २०८२ पुष २४ गते १०:५८
पाँचौं टेस्टमा इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले ४-१ ले जित्यो एसेज शृंखला

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसेज सिरिजको पाँचौं टेस्टमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै शृंखला ४–१ ले जितेको छ।
  • मिचेल स्टार्कले शृंखलामा ३१ विकेट लिएर 'प्लेयर अफ द सिरिज' बनेका छन्।
  • उस्मान ख्वाजाको अन्तिम टेस्टमा अस्ट्रेलियाले घरेलु मैदानमा बलियो पकड पुनः प्रमाणित गरेको छ।

२४ पुस, काठमाडौं । एसेज सिरिजको पाँचौं तथा अन्तिम टेस्टमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले शृंखला ४–१ ले जितेको छ। सिड्नी क्रिकेट ग्राउन्डमा भएको यो टेस्ट सिरिजकै सबैभन्दा प्रतिस्पर्धात्मक खेल बनेको थियो, जहाँ अन्तिम दिनसम्म नतिजा खुला रह्यो।

इंग्ल्यान्डले दोस्रो इनिङ्समा १८३ रनले पछाडि रहेको अवस्थाबाट थप ३४२ रन बनाएपछि अस्ट्रेलियालाई जितका लागि १६० रनको लक्ष्य दिएको थियो। जेकब बेथेलले १५४ रनको उत्कृष्ट इनिङ खेल्दै इंग्ल्यान्डलाई बलियो अवस्थामा पुर्‍याएका थिए।

उनले युवा उमेरमै एसेजमा १५० रन पार गर्ने दुर्लभ उपलब्धि हासिल गरे। बलिङतर्फ मिचेल स्टार्कले निर्णायक भूमिका खेल्दै बेथेलको सहित कुल तीन विकेट लिए । शृंखलामा कुल ३१ विकेट लिएका स्टार्क ‘प्लेयर अफ द सिरिज’ बने।

लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ट्राभिस हेड र जेक वेदराल्डमार्फत तीव्र सुरुवात गरेको थियो । त्यसपछि ‍अस्ट्रेलियाले नियमित अन्तरालमा विकेट गुमाएपनि खेल भने जित्न सफल भयो ।

लन्चपछि स्टिभ स्मिथ, उस्मान ख्वाजा र मार्नस लबुशान आउट हुँदा इंग्ल्यान्डले खेलमा फर्किने संकेत देखायो। यो खेल उस्मान ख्वाजाको अन्तिम टेस्ट पनि रह्यो। उनले मात्र ६ रन बनाए पनि मैदानमा उनलाई गार्ड अफ अनर दिइएको थियो ।

अन्त्यतिर पाँच विकेट गुमिसकेपछि अस्ट्रेलियालाई अझै ३९ रन आवश्यक थियो। त्यसपछि एलेक्स केरीले अविजित १६ र क्यामरन ग्रीनले अविजित २२ रन बनाएर छैटौं विकेटका लागि ४० रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए।

इंग्ल्यान्डका जोस टङ्गले ३ विकेट लिएर अन्तिम प्रयास गरे पनि अनुभवी स्पिनरको अभाव उनीहरूका लागि महँगो सावित भयो। कप्तान बेन स्टोक्स चोटका बाबजुद मैदानमा सक्रिय देखिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

यस जितसँगै अस्ट्रेलियाले घरेलु मैदानमा एसेज सिरिज ४–१ ले जित्दै आफ्नो बलियो पकड पुनः प्रमाणित गरेको छ। पाँच टेस्टको सिरिजमा अस्ट्रेलियाले चार खेल जित्दा इंग्ल्यान्डले केवल मेलबर्न टेस्टमा मात्र जित हात पारेको थियो।

एसेज सिरिज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय