News Summary
Generated by OK AI. Editorially reviewed.- बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ।
- सेमिफाइनलमा बार्सिलोनाले एथ्लेटिक क्लबलाई ५-० ले हराएको हो।
- राफिन्हाले २ गोल गरे भने फेरान टोरेस, फर्मिन लोपेज र रोनी बार्ड्गीले १-१ गोल गरे।
२४ पुस, काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । गएराति भएको सेमिफाइनलमा एथ्लेटिक क्लबलाई ५-० ले हराउँदै बार्सिलोना फाइनलमा पुगेको हो ।
बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गर्दा फेरान टोरेस, फर्मिन लोपेज र रोनी बार्ड्गीले १-१ गोल गरे । बार्सिलोनाले पहिलो हाफमै ४-० को अग्रता बनाएको थियो ।
खेलको २२औं मिनेटमा टोरेसले गोल गर्दै अग्रता दिलाएका थिए । ३०औं मिनेटमा लोपेजले गोल थपे । ३४औं मिनेटमा रोनीले गोल गर्दा बार्सिलोना ३-० ले अगाडि बढ्यो ।
३८औं मिनेटमा राफिन्हाले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ४-० ले अगाडि रह्यो ।
५२औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गर्दै बार्सिलोनालाई ५-० ले अगाडि राखे । त्यसपछि गोल भएनन् ।
बार्सिलोनाले अब उपाधिका लागि रियल मड्रिड र एट्लेटिको मड्रिडबीचको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया 4