+

प्रिमियर लिग : म्यान्चेस्टर सिटी बराबरीमा रोकियो, फुलहमसँग चेल्सीको हार

२०८२ पुष  २४ गते ८:०१ २०८२ पुष २४ गते ८:०१
प्रिमियर लिग : म्यान्चेस्टर सिटी बराबरीमा रोकियो, फुलहमसँग चेल्सीको हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी ब्राइटनसँग १-१ बराबरीमा रोकिएको छ।
  • चेल्सी फुलहमसँग २-१ गोलअन्तरले पराजित भएको छ र १० खेलाडीमा सीमित भएको थियो।
  • बराबरीपछि सिटीको २१ खेलबाट ४३ अंक भएको छ भने फुलहम ३१ अंकसहित नवौं स्थानमा उक्लिएको छ।

२४ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ । सिटी ब्राइटनसँग १-१ बराबरीमा रोकिएको हो ।

खेलको ४१औं मिनेटमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६०औं मिनेटमा ब्राइटनका काउरो मितोमाले बराबरी गोल गरे ।

त्यसपछि थप गोल नहुँदा सिटी फेरि पनि १ अंकमै खुम्चियो । यो सिटीको लगातार तेस्रो बराबरी हो ।

बराबरीपछि सिटीको २१ खेलबाट ४३ अंक भएको छ । दोस्रो स्थानको सिटीले शीर्षस्थानको आर्सनलसँग अंकदूरी घटाउन सकेको छैन । एक खेल कम खेलेको आर्सनलको ४८ अंक छ ।

गएराति नै भएको अर्को खेलमा चेल्सी फुलहमसँग पराजित भएको छ । १० खेलाडीमा सीमित चेल्सीलाई फुलहमले २-१ गोलअन्तरले हराएको हो ।

२२औं मिनेटमा मार्क कुकुरेलाले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

५५औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै फुलहमलाई अग्रता दिलाए । ७२औं मिनेटमा लियाम डेलापले चेल्सीका लागि बराबरी गोल फर्काए ।

८१औं मिनेटमा ह्‍यारी विल्सनले गोल गर्दै फुलहमलाई जित दिलाए ।

जितपछि फुलहम २१ खेलमा ३१ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक भएको चेल्सी आठौं स्थानमा झरेको छ ।

इंग्लिस प्रिमियर लिग चेल्सी फुलहम ब्राइटन म्यान्चेस्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय