News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल खेलकुद पत्रकार मञ्चले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई 'ट्रेलब्लेजर अफ दि इयर' अवार्ड प्रदान गरेको छ।
- पोखरामा भएको २२औं एनएसजेएफ स्पोर्ट्स अवार्ड कार्यक्रममा पलेशालाई सरप्राइज रूपमा सम्मान गरिएको थियो।
- पलेशाले पेरिस २०२४ पारालिम्पिक र हाङझाव एसियन पारा गेम्समा कांस्य पदक जितेकी थिइन् र कुल ६ अन्तराष्ट्रिय मेडल प्राप्त गरेकी छिन्।
२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनएसजेएफ ‘ट्रेलब्लेजर अफ दि इयर’ अवार्ड प्रदान गरेको छ ।
पोखरामा बुधबार भएको २२औं एनएसजेएफ स्पोर्ट्स अवार्ड (२०८१) कार्यक्रममा पारालिम्पिक पदक विजेता खेलाडी पलेशालाई उक्त अवार्डबाट सम्मान गरिएको हो ।
यो विशेष अवार्ड सरप्राइजका रूपमा कार्यक्रमको अन्त्यमा घोषणा गरिएको थियो ।
पलेशाले पेरिस २०२४ पारालिम्पिक र हाङझाव एसियन पारा गेम्समा एतिहासिक कांस्य पदक जितेकी थिइन् ।
आफ्नो करियरमा पलेशाले कुल ६ वटा अन्तराष्ट्रिय अफिसियल मेडल प्राप्त भएको छ जसमा २ स्वर्ण र ४ कास्य पदक रहेको छ ।
प्रतिक्रिया 4