+

२२औं एनएसजेएफ स्पोर्ट्स अवार्ड : एरिकालाई लगातार दोस्रोपटक वर्ष महिला खेलाडीको अवार्ड

२०८२ पुष  २३ गते १९:३५ २०८२ पुष २३ गते १९:३५
२२औं एनएसजेएफ स्पोर्ट्स अवार्ड : एरिकालाई लगातार दोस्रोपटक वर्ष महिला खेलाडीको अवार्ड

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल खेलकुद पत्रकार मञ्चले कराते खेलाडी एरिका गुरुङलाई वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरेको छ।
  • पोखरामा भएको अवार्ड कार्यक्रममा एरिकालाई वर्षकै उत्कृष्ट महिला खेलाडीको अवार्डबाट सम्मान गरिएको हो।
  • एरिकाले लगातार दोस्रोपटक यो अवार्ड जितेकी हुन् र एसियाली करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्।

२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले कराते खेलाडी एरिका गुरुङलाई वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरेको छ ।

पोखरामा बुधबार भएको अवार्ड कार्यक्रममा एरिकालाई वर्षकै उत्कृष्ट महिला खेलाडीको अवार्डबाट सम्मान गरिएको हो ।

यस विधाको मनोनयनमा मनोनयनमा करातेकी एरिका गुरुङ, फुटबलकी रेखा पौडेल, करातेकी एलिसा रास्कोटी मगर, खो खोकी मानमति बिष्ट र भलिबलकी सलिना श्रेष्ठ परेका थिए ।

एरिकाले लगातार दोस्रोपटक यो अवार्ड जितेकी हुन् । यसअघि संगिना वैद्य, गंगा अधिकारी र सावित्रा भण्डारीपछि दुई पटक जित्ने उनी चाैथो खेलाडी हुन् । लगातार दोस्रोपटक भने एरिकाले मात्र जितेकी छन् ।

एरिकाले एसियाली खेलकुदअन्तर्गत करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन् ।

त्यस्तै मलेसियाको क्वालालम्पुरमा भएको कराते वान सिरिज ए मा पनि एरिकाले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

एनएसजेएफ स्पोर्ट्स अवार्ड एरिका गुरुङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय