+

खड्ग रानाभाटलाई एनएसजेएफको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

२०८२ पुष  २३ गते १९:०१ २०८२ पुष २३ गते १९:०१
खड्ग रानाभाटलाई एनएसजेएफको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल खेलकुद पत्रकार मञ्चले खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ।
  • रानाभाटले १४ वर्षको उमेरमा २०२० सालमा खेल जीवन सुरु गरेका थिए र राष्ट्रिय खेलाडी समेत रहिसकेका छन्।
  • उनी १९७० मा छैटौं एशियाली खेलमा नेपाल प्रतिनिधित्व गर्दै ३ हजार मिटर स्टिपल चेजमा आठौं स्थान हासिल गरेका थिए।

२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।

पोखरामा बुधबार भएको अवार्ड कार्यक्रममा रानाभाटलाई उक्त अवार्डबाट सम्मान गरिएको हो ।

खेल क्षेत्रमा आफ्नो जीवन समर्पित गरेकाप्रति सम्मान व्यक्त गर्दै यो अवार्ड दिइन्छ ।

रानाभाटले १४ वर्षको उमेर २०२० सालबाट आफ्नो खेल जीवन सुरु गरेका थिए । एथलेटिक्स, भलिवल र फुटवलका राष्ट्रिय खेलाडी समेत रहिसकेका उनी सन १९७० मा थाइल्याण्डको वैंककमा सम्पन्न छैटौं एशियाली खेलमा नेपालको तर्फबाट सहभागी हुँदै ३ हजार मिटरको स्टिपल चेजमा आठौं स्थान हासिल गरेका थिए ।

२०४१ सालमा राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रशिक्षक रहेका रानाभाट २०६८ मा परिषदको सदस्यसमेत बनेका थिए ।

एनएसजेएफ स्पोर्ट्स अवार्ड लाइफटाइम एचिभमेन्ट अवार्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय