News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा प्रभा आङदेम्बेलालाई उत्कृष्ट पारा एथ्लेटको अवार्ड प्रदान गरेको छ।
- प्रभाले गत फागुनमा भारतको नयाँदिल्लीमा भएको विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा लङजम्पमा रजत पदक जितेकी थिइन्।
२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एथ्लेटिक्सकी प्रभा आङदेम्बेलाई उत्कृष्ट पारा एथ्लेटको अवार्ड प्रदान गरेको छ ।
पोखरामा बुधबार भएको अवार्ड कार्यक्रममा प्रभालाई उत्कृष्ट पारा एथ्लेटको अवार्डबाट सम्मान गरिएको हो ।
प्रभाले गत फागुनमा भारतको नयाँदिल्लीमा भएको विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी थिइन् ।

प्रभाले नेपाली खेलकुद क्षेत्रमा प्रवेश गरेको एक वर्ष पनि पुरा भएको छैन । तर छोटो समयमा उनको खेल जीवनले ठूलो रफ्तार लिएको छ ।
दोस्रो वागमती नेसनल लेभल पारा एथलेटिक्स च्याम्पियनसिप खेल्दा प्रभाले ८ सय र १५ सय मिटर दौडमा स्वर्ण जितिसकेकी थिइन् । यसले उनको अन्तर्राष्ट्रिय प्रतियोगिताको ढोका खुल्यो ।
दुबईमा भएको विश्व पारा एथलेटिक्स दुबई ग्राँ प्रिक्स उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । नयाँ दिल्लीमा भएको अर्को संस्करणमा नै उनले ऐतिहासिक रजत पदक जित्न सफल भइन् ।
टी ४७ क्याटेगोरीमा प्रभाले लङजम्पमा ऐतिहासिक रजत जितेकी थिइन्। जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा उनले ३.९६ मिटर उचाई नाघेकी थिइन् । यो नै पारा एथलेटिक्समा नेपालले जितेको अहिलेसम्मको ठूलो पदक हो ।
पाँचथर फिदिम ६, सेपेनीमा ०५८ सालमा जन्मेकी ५ दिदीबहिनीमा जेठी प्रभाको जन्मजात दाहिने हातको कुहिनामुनिको भाग छैन ।
प्रतिक्रिया 4