News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरेको छ।
- वर्ष प्रशिक्षकको मनोनयनमा कविराज नेगी लामा, कुशल श्रेष्ठ, दीपक महर्जन, महेश रिजाल र लक्ष्मीनारायण वैद्य परेका थिए।
- कविराज नेगी लामाले कीर्तिमानी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनको प्रशिक्षक भएर अन्य खेलाडीलाई पनि प्रशिक्षण दिइरहेका छन्।
२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरेको छ ।
पोखरामा बुधबार भएको अवार्ड कार्यक्रममा लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मान गरिएको हो ।
वर्ष प्रशिक्षकको मनोनयनमा पारा तेक्वान्दोका कविराज नेगी लामा, करातेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खो खोका लक्ष्मीनारायण वैद्य मनोनयन परेका थिए ।
लामाले कीर्तिमानी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनको प्रशिक्षक रहँदै आएका छन् भने अन्य पारा तेक्ववान्दो खेलाडीलाई पनि प्रशिक्षण दिइरहेका छन् ।

प्रतिक्रिया 4