+

एन्फाको अग्रिम निर्वाचनप्रति तीन पदाधिकारीको असहमति

२०८२ पुष  २३ गते १७:४० २०८२ पुष २३ गते १७:४०
एन्फाको अग्रिम निर्वाचनप्रति तीन पदाधिकारीको असहमति

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एन्फा उपाध्यक्ष विराट जंग शाही र सदस्यहरूले माघ २८ गते हुने भनिएको निर्वाचन विधानविपरीत र अलोकतान्त्रिक भएको भन्दै असहमति जनाएका छन्।
  • उनीहरूले निर्वाचन प्रक्रिया पुनरावलोकन गरी सबै सरोकारवालासँग छलफल गरेर नयाँ मिति तय गर्न अनुरोध गरेका छन्।
  • राष्ट्रिय खेलकुद परिषद्को निर्देशन अनुसार विधान र कानुन पालना गरी निर्वाचन कार्यक्रम तत्काल स्थगित गर्न पनि माग गरिएको छ।

२३ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केही पदाधिकारीहरूले एन्फाको आगामी निर्वाचनसम्बन्धी निर्णयप्रति असहमति जनाएका छन्।

एन्फा अध्यक्षलाई असहमति पत्र लेख्दै उपाध्यक्ष विराट जंग शाही तथा सदस्यहरू रविन्द्र चन्द र रुपेश अधिकारीले माघ २८ गते गर्ने भनिएको एन्फाको अग्रिम निर्वाचन विधानविपरीत, अलोकतान्त्रिक र स्वेच्छाचारी ढंगले तय गरिएको दाबी गरेका छन्।

एन्फा कार्यसमितिले निर्वाचन प्रक्रिया अघि बढाएकोप्रति आपत्ति जनाउँदै सो निर्णय पुनरावलोकन गर्नुपर्ने उनीहरूको माग छ । सबै सरोकारवाला पक्ष र कार्यसमिति सदस्यहरूबीच छलफल र सहमतिका आधारमा नयाँ निर्वाचन मिति तय गर्न अनुरोध गरिएको छ ।

साथै, राष्ट्रिय खेलकुद परिषद्‌ले मिति एन्फा विधानमा आवश्यक संशोधन गरी स्वीकृत गरेको विधान तथा प्रचलित कानुनअनुसार साधारण सभा र निर्वाचन सम्पन्न गर्न दिएको निर्देशन पूर्ण रूपमा पालना गर्न उनीहरूको माग छ।

पत्रमार्फत हाल सार्वजनिक गरिएको निर्वाचन तालिका र सम्पूर्ण निर्वाचन कार्यक्रम तत्काल स्थगित गर्न पनि अनुरोध गरिएको छ। तल्लो तहका सदस्यहरूको अधिकार सुरक्षित गर्न, मताधिकार हनन हुन नदिन र भविष्यमा गलत नजिर नबसाल्न सर्वमान्य साधारण सभा आवश्यक रहेको उनीहरूको भनाइ छ।

नेपाली फुटबललाई सही दिशातर्फ लैजान दक्ष र योग्य व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्नु सबै नेतृत्वको साझा दायित्व भएको उल्लेख गर्दै, वर्तमान परिस्थितिबाट एन्फालाई निकास दिन संयुक्त पहल आवश्यक रहेको उनीहरूले बताएका छन्।

एन्फा निर्वाचन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय